सुनको भाउमा लगातार गिरावट, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ साेमबार पनि ओरालो लागेको छ ।

यसदिन सोमवार सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ८९ हजारमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ भने आइतबार तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएकोमा साेमबार घटेर १२ सय १५ रुपैयाँमा कारोबार हुने भएको महासघंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *