रेडक्रस र कोका–कोलाले स्वास्थ्य क्षेत्र र खोप अभियानमा सहयोग पुर्‍याउँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका–कोला फाउन्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउनको लागि साझेदारी गरेको छ ।

नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाँगता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी यातायात सुविधा प्रदान गर्नु साझेदारीका उद्देश्य रहेको जनाएको छ ।

गत श्रावण २१ गते महाराजगञ्जको शिक्षण अस्पतालमा हस्तान्तरण समारोह आयोजित गरिएको थियो । नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरिएको छ । वितरणमा १२ हजार ५ सय सर्जिकल मास्क, ५ हजार जोडी पन्जा, र ९ सय ६० सेनिटाइजर बोतल सामेल छन् ।

यसबाहेक, संयुक्त पहलमा नेपाल भरका १० जिल्लाहरुमा अभियान सञ्चालन गरीएको छ । ३१ हजार भन्दा बढी लाभग्रार्हीहरु नेपाल सरकारद्वारा संचालित खोप केन्द्रहरुबाट पुगिसकेका छन् ।

यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरिएको छ ।

नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभग्रार्हीहरुको हिस्सा भएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *