कामना सेवा विकास बैंक र सीडीएससीबीच सम्झैता

काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ ।

बैंक र सीडीएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको हो। बैंकले यथासक्य चाडो निक्षेप सदस्यको रुपमा सर्बसाधारणलाई सेवा सुविधा प्रदान गर्ने जनाएको छ ।

सीडीएससीको कार्यलयमा एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सीडीएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चायले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४८४ दशमलव ९० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैैंकिङ जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, एउटा विस्तारीत काउन्टर तथा ७० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *