भदौ ५ गतेसम्मका त्रिविका परीक्षा नरोकिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका कुनै पनि परीक्षा नराेक्ने भएको छ । त्रिविले तालिका प्रकाशन  गरिसकेका र परीक्षा चलिरहेका विभिन्न सङ्कायका  स्नातक र स्नातकोत्तर तहका भदौ ५ गते सम्मका परीक्षा नरोक्ने निर्णय गरेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

विद्यार्थीकाे सङ्ख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

कोरोना बढ्दै गएको  बेला परीक्षाहरूका बारेमा निर्णय गर्न आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद्को बैठकले रुटिन आइसकेका र भदौ ५ गतेसम्मका परीक्षा निरन्तर सञ्चालन गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा रोकिएको र कोरोनाको तेस्रो लहरको जोखिम उच्च भइरहेको भन्दै बाँकी परीक्षा स्थगित गर्न माग भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *