भिरबाट लडेर एक जनाको मृत्यु

विराटनगर । संखुवासभामा एकजनाको भिरबाट लडेर मृत्यु भएको छ । मकालु गाउँपालिका- ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका-२ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको रोयल हाइड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्गबहादुर गुरुङ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडी अन्दाजी ६०-७० मिटर तल झरी मृत अवस्थामा गुरुङको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =