भूमि आयोग खारेजीविरुद्ध कोटेश्वरमा प्रदर्शन

काठमाडौँ । नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन गरेको छ । भूमि आयोग खारेज गरेर सुकुम्बासीमाथि कुठाराघात गरेको भन्दै संगठनले काठमाडौँको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग पुनःस्थापना गर’लगायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी एमालेका सांसद एवं संगठनकी अध्‍यक्ष शान्ता चौधरीले परमादेशबाट आएको सरकारले जनतामाथि प्रहार गरेको आरोप लगाए । उनले आयोग खारेजीको निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

तत्कालीन प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै २०७७ वैशाख ३ गते देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो भने वर्तमान सरकारले आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =