सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
२०७८ साउन २४ गते

सांकेतिक तस्बिर
सुनसरी । सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका-१० मधुमारा टोल बस्ने सरोजकुमार साहलाई शनिबार प्रहरी पक्राउ गरेको छ ।
गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका-१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा.१० च ५५७३ न्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका-११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका-१ बाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२०७८ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








