जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
२०७८ साउन २४ गते

पाल्पा । तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिनबहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७८ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








