कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि सूचना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि सूचना दिने बताएको छ । बोर्डले एक सूचना प्रकाशित गरेर १५ दिनअघि नै सूचना दिने बताएको हो ।

बोर्डले शनिबार कोभिड१९ को महामारी बढेको भन्दै साउन ३१ गतेबाट सुरु गर्ने तय भएको १२ कक्षाको परीक्षा स्थगित गरेको थियो । नयाँ मितिबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनअघि सूचना दिएर तालिका प्रकाशन गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *