खुट्टा मालिस गर्न लगाएको तस्बिरबारे मेयर दास: ऊ चाचाको छोरा हो

काठमाडौं । विदेह नगरपालिकाका मेयर बेचन दासले खुट्टा मालिस गर्ने चाचाको छोरो भएको प्रतिक्रिया दिएका छन् । खुट्टा थिच्न लगाएको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि मकालु खबरले सम्पर्क गर्दा मेयर दासले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कोरोनाको खोप लगाएपछि ज्वरो र शरीर दुख्न थालेपछि चाचाको छोरोले खुट्टा मालिस गरेको हो’, मेयर दासले भने, ‘चाचाको छोरो त आफ्नै भाइ जस्तै त हो नि । फेरि शरीर दुखेको छ भनेपछि उसैले म मालिस गर्छु भनेको हो ।’

प्रतिक्रिया

One thought on “खुट्टा मालिस गर्न लगाएको तस्बिरबारे मेयर दास: ऊ चाचाको छोरा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =