८ पत्रकारसहित २ सञ्चार संस्थालाई पुरस्कृत गर्दै फोनिज

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले वर्ष ०७७/२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार अर्थात् फोनिज अवार्ड’बाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो ।

फोनिजका महासचिव मनोज घर्तीमगरले शनिबार (आज) जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्ष ०७७ मा पुरस्कार पाउनेहरुमा पत्रकारहरु आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल छन् भने वर्ष ०७८ तिलक पुन, रचना श्रेष्ठ, इन्द्रजीत मुखिया र भवानी बराल रहेका छन् ।

यस्तै फोनिजले यस वर्षबाट ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ समेत प्रारम्भ गरेको छ । विज्ञप्तिमा भनिएको छ— ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान ०७८’बाट थारु भाषामा प्रकाशित हुँदै आएको ‘पहुरा दैनिक’ र लिम्बू भाषामा प्रकाशित हुँदै आएको ‘तान्छोपा मासिक’ लाई संयुक्त रुपमा सम्मानित गरिनेछ ।’

पत्रकारिता पुरस्कार र मातृभाषा सम्मानको राशी समान २० हजार रुपैयाँ रहेको छ । फोनिजले आफ्नो २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गते ८ जना वरिष्ठ पत्रकारलाई पुरस्कार र दुई मातृभाषी संचार संस्थालाई सम्मान गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =