कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरेको थियो । तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको तथा महामारीको बढ्दो संक्रमण दर र सरकारको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार  परीक्षाको अर्को मिति तोकिने रअब परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *