बाटामा नयाँ नेतृत्व

विराटनगर । विराटनगर एसोसिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को नयाँ नेतृत्व चयन भएको छ । प्रदेश १ मा क्रियाशील बाटाले बिशेष साधारणसभाबाट फणिन्द्र अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उपाध्यक्षमा नविन कार्की, महासचिवमा भागवत नेपाल, कोषाध्यक्षमा भैरब रिजाल र सचिवमा निना राई चयन भएका छन् । अन्य सदस्यहरुमा तुल्सी नेपाल, नारायण पौडेल, लक्ष्मण घिमिरे, हिमा गौतम, मन्दिप दाहाल र नुतन राई चयन भएका छन् ।

नयाँ निर्वाचित समितिले आगामी दिनमा प्रदेश १ का पर्यटन ब्यवसायीको ब्यवसायिक दक्षता, पर्यटकीय गन्तब्यको प्रचार प्रसार, भारतीय सहरहरुमा नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने जनाएकोछ ।

नव निर्वाचित अध्यक्ष अधिकारीले टिकेटिङमा मात्र केन्द्रित नभई प्याकेज टुरको ब्यवस्थापनको लागि काम थाल्ने अभिप्राय संस्थाको रहेको बताए । कोरोनाको कारण साधारणसभा गर्न नपाएकोे बाटाले बिशेष समयलाई आधार मानेर नयाँ नेतृत्व चयन गरेको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले प्रसस्तै संभावना रहेको पर्यटकीय क्षेत्र भएरपनि यसको उचित प्रचार प्रसार नभएको बताए । पर्यटन ब्यवसायीहरु अब प्रदेश १ को पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लाग्नु पर्ने अबस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *