निमा एकेडेमी र विस्टिम बीच सहकार्य

काठमाडौं । निमा एकेडेमी र विस्टिम वुमेन इन साइन्स टेक्नोलोजि इन्जिनियरीङ आर्टस एण्ड म्याथम्याटिक्स बीच सहकार्य भएको छ ।

सहमति पत्रमा हस्ताक्ष्यर गर्दै निमाका सीओओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले एक–अर्काको सहयोगमा अगाडी बढ्ने दृढता जनाएका हुन् ।

निमा एकेडेमीले विस्टिमका शैक्षिक सामग्री तथा कोर्सहरु आफ्नो वेबसाइट र एपमा उपलब्ध गराएको जनाएको छ । यो संगै अब स्टेमका शैक्षिक सामग्रीहरु निमामा निशुल्क पाइने जनाएको छ।

विस्टिमले कम्प्युटर करियरमा महिलाहरुको सक्रियता बढाउन र यस क्षेत्रमा महिलाहरुको संलग्नता बढाउन विभिन्न डिजिटल साक्षरता र स्टेमका कार्यक्रमहरु गर्ने गरेको छ।

कम्प्युटर क्षेत्र र डिजिटल प्रविधिमा महिला र पुरुषहरुको लैङ्गिक भिन्नता घटाउन विस्टिम अग्रसर छ । विस्टिमले किशोरीहरुका लागि विभिन्न किसिमका अबसरहरु, आत्मविश्वास बढाउने अनि रचनात्मकता उर्जागर गर्ने खालको कार्यक्रमहरु लिएर आउने गरेको छ।

धेरै भन्दा धेरै महिला तथा किशोरीहरुलाई कम्प्युटर क्षेत्रमा आफ्नो करियर बनाउन विस्टिमले प्रोत्साहन गरेको छ ।

विज्ञान, प्रबिधि, इन्जिनीयरिंङ्ग, कला र गणित क्षेत्रमा महिलाहरुको संख्या दोब्बर गराउने उदेश्य विस्टिमको रहेको छ । यसैको लागि विस्टिमले महिलाहरुलाई लक्षित गरी उनीहरुको कला, सिप र ज्ञानलाई बढावा दिने किसिमको शैक्षिक कार्यक्रम र सामाग्रीहरु पस्किने गरेको छ ।

निमा एकेडेमी सन् २०१८ मा स्थापित एउटा नविन ई(शिक्षा प्रणाली हो जसले विद्यार्थी र शिक्षकहरुको लागि डिजिटल शिक्षण सामग्री प्रदान गर्दछ।

हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइएको र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको जनाएको छ ।

निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *