प्रभु बैंकमा मेसीनबाटै खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले मेसीनबाटै खातामा पैसा जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

नगद काउन्टरमै सशरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै बैंकले क्यास रिसाइकल मेसीन (सीआरएम)बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

मेसीनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।

मेसीनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसीनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्नासाथ उक्त मेसीनमा रकम जम्मा गर्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै रकम जम्मा हुन्छ । तत्कालै भौचर प्रिन्ट हुन्छ ।

साथै, उक्त मेसीनबाट डेबिट क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधासमेत रहेको बैंकले जनाएको छ । यो सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ ।

नेप्ससँग सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *