रियलमीको दश करोड स्मार्टफोन बिक्री गर्न सफल

काठमाडौँ । रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन बिक्री गर्न सफल भएको जनाएको छ ।

२०२०/०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बावजुद रियलमी तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित भएको कम्पनीले जनाएको छ । त्यस्तै स्ट्राटेजी अनालिटिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्रान्ड रियमली भएको देखाएको रियलमीले दाबी गरेको छ ।

२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा रियलमी देखिएकोमा अन्तर्राष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको जनाइएको छ ।

३ वर्षअघि स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्रान्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध भएको र बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौथो र युरोपियन बजारको केही क्षेत्रमा पाँचौंसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोनभित्र रहेको कम्पनीले जनाएको छ ।

आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन बिक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *