उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकाभरि बिदा

काठमाडौंँ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षको ससुराको निधनमा गाउँपालिकाभरि सार्वजनिक बिदा दिएको छ ।

 गाउँपालिकाका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमका सुसरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन ‘शाेक बिदा’ दिएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखर‍ेलले निकालेकाे सूचनामा आज (शुक्रबार) स्वास्थ्य संस्थाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *