मानसिक स्वास्थ्य नीति बनाउन माग

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले मानसिक स्वास्थ्य समस्याका लागि नीति निर्माण गर्न अध्ययन समिति बनाउने प्रतिवद्धता जनाएकी छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रृय अधिकारकर्मीहरुसँगको छलफलमा मन्त्री राईले चाँडै प्रदेश १ मा मानसिक स्वास्थ्य नीति बनाउने र त्यसका लागि पहिले अवस्था अध्यन गर्न समिति निर्माण गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

मन्त्री राईले मानसिक स्वास्थ्य समस्या दिनदिनै बढदो भएकोले समयमै अवस्था अध्यन गरेर नीति नबनाएमा पछि अवस्था झन जटिल बन्दै जाने भएकोले आफू सचेत र सकारात्मक भएको बताइन् । मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि अधिकारका लागि सक्रिय अभियान्ता मातृका देवकोटाले मानसिक स्वास्थ्य समस्याकै कारण देशमा आत्महत्याका घटना बढिरहेकोले त्यसको रोकथामका लागि संघ र प्रदेशमा मानसिक स्वास्थ्य नीति अतिआवश्यक भएको प्रस्टयाएका थिए ।

मानसिक स्वास्थ्यका लागि नागरिकहरुको समूह पहल नेटवर्ककी संयोजक मन्जिता उपाध्यायले नीति निर्माण नभएसम्म प्रदेश १ मा मानसिक स्वास्थ्य समस्या निराकरण गर्न धेरै जटिलताहरु रहेको जानकारी गराइन् । पहल नेटवर्कका सल्लाहकार अधिबक्त्ता कोषराज न्यौपानेले प्रदेश जनस्वास्थ्य ऐनको मस्यौदामा मानसिक स्वास्थ्य नीतिबारे उल्लेख भएपनि प्रदेश सभाबाट उक्त्त दफा खारेज भएकोले प्रदेशमा अझै मानसिक स्वास्थ्य नीतिको अभाव खडकिरहेको बताए ।

समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर भट्टराईले प्रदेशमा मानसिक स्वास्थ्य नीति निर्माणका लागि पहिले अबस्था अध्यन गर्न आवश्यक भएकोमा जोड दिएका थिए । समाजिक विकास महाशाखा प्रमुख दुर्गा वरालले पनि मानसिक स्वाथ्य समस्या सबैका लागि जटिल बन्दै गएकोले हिंसामुक्त्त स्वथ्य समाजका लागि नीति निर्माण हुनु आवश्यक भएकोमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *