सानिमा लाइफको आइपीओमा दोस्रो दिन ४.४३ गुणा बढी आवेदन

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर निष्काशन (आईपीओ)मा दोस्रो दिन ४.४३ गुणा बढी आवेदन परेको छ ।

निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको दोस्रो दिन अपराह्न ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरूबाट २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

यो आइपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपीओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गते आइतबारसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *