बुढानीलकण्ठ स्कूलमा छात्रवृत्तिमा पढ्नका लागि आवेदन खुला

काठमाडौँ । गरीब तथा जेहेन्दार बालबालिकाका लागि बुढानीलकण्ठ स्कूलले छात्रवृत्तिमा पढाउने भएको छ । स्कूलले आवेदनसमेत खुल्ला गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई निःशुल्क तथा सहुलियत शुल्कमा पढाउनका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरेर छन‍ौट गर्नै स्कूलले जनाएको छ ।

कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा ०६८ सालमा जन्म भई कम्तिमा २ वर्षअघिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र-छात्राले आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति परीक्षा साउन ३० गते बिहान ११ बजेदेखि सञ्चालन गरिने भएको छ । विद्यार्थीले विद्यालयको वेबसाइटबाट डाउनलोड गरेर दरखास्त फाराम भरी आवश्यक कागजातसहित आफूलाई पायक पर्ने परीक्षा केन्द्रमा बुझाउन विद्यालयले सूचित गरेको छ ।

छात्रवृत्तिका लागि इलाम, विराटनगर (मोरङ), हिले (धनकुटा), गाईघाट (उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट (सिन्धुली), दोलालघाट (काभ्रे), बूढानीलकण्ठ स्कूल (काठमाडौं), हेटौँडा (मकवानपुर), गोरखा, बेसीसहर (लम्जुङ), पोखरा (कास्की), बेनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत (वीरेन्द्रनगर), रुकुमपश्चिम(चौरजहारी), जुम्ला, कैलाली (अत्तरिया) र डडेलधुरामा परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

One thought on “बुढानीलकण्ठ स्कूलमा छात्रवृत्तिमा पढ्नका लागि आवेदन खुला

  1. It’s a golden opportunity for those people who are interested to read who can’t pay more money in private collages.

Leave a Reply

Your email address will not be published. Required fields are marked *