केएमसीमा नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया (भिडिओ)

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया गर्ने भएको छ ।
अत्याधुनिक रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार शुरु गर्न लागेको बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गरिएको केएमस‍ीले जनाएको छ ।

न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको केएमसीले जनाएको छ ।

उपकरणहरूसहित एड्भान्स, न्यूरोसाइन्स सेन्टरका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाको अगुवाईमा न्यूरो सर्जरी प्रक्रिया शुरु भएको अस्पतालले जनाएको छ ।

उक्त रोबर्टिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोबोर्टले सहयोग गर्ने जनाइएको छ । सूक्ष्म एवं जटिल शल्यक्रियामा रोबोर्टको सहायता लिँदा शल्यक्रियामा सहज हुने केएमसीले जनाएको छ ।

हालसम्म नेपालको कुनै पनि पनि अस्पतालमा रोबोर्टिक सर्जरी शुरु नभएको र यो सर्जरी पहिलो पटक केएमसीले शुरु गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया

2 thoughts on “केएमसीमा नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *