कांग्रेस प्रदेश १ को सभापतिमा ढुंगानाको दाबी

तेह्रथुम । कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पनि आकांक्षीहरु खुलिरहेका छन् । आफूले चाहेको पदमा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दो छ । यसैबीच, प्रदेश नं. १ को सभापति पदमा गोविन्द ढुंगानाले पनि उम्मेदवारी घोषणा गरेका छन्  ।  ढुंगाना २ कार्यकाल तेह्रथुमका जिल्ला सभापति रहेका नेता हुन् ।

जिल्ला कार्यसमितिमा आठ वर्षसम्म सचिव, तीन वर्ष सह–सभापति भएर काम गरेका ढुंगानाले जिल्ला सभापतिको रुपमा समेत १६ वर्षसम्म काम गरेका छन् । प्रदेश १ को सभापतिमै अमृत अर्याल, राजीव कोइराला र उद्धव थापाले पनि दाबी गरिरहेका छन् ।

मोरङको दुई कार्यकालसम्म सभापति भएका अर्याल अहिले केन्द्रीय समिति सदस्य छन् । कोइराला सुनसरीका सभापति र प्रदेश १ का कांग्रेसको संसदीय दलका नेता हुन् । थापा झापाका सभापति हुन् । यसरी प्रदेश १ को सभापतिमा चार जनाको दाबेदारी देखिएको छ । अर्याल सभापति शेरबहादुर देउवासँग निकट छन् । अरु सबै इत्तरसमूहका हुन् । झापाका थापा भने सिटौलासँग छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *