आंशिक प्राध्यापकलाई करार गर्ने सहमति भएको दाबी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आंशिक प्राध्यापकहरूबीच एक शैक्षिक सत्र अध्यापन गराएका र मापदण्ड पूरा गरेका करार प्राध्यापकलाई करार गर्ने सहमति भएको आंशिक प्राध्यापक संघर्ष समितिले जनाएको छ ।

यसअघि सरकारले करार गर्ने निर्णय गरेका १४२० दरबन्दी र त्यसपछि एक कार्यकाल पूरा गरेका ५८० जना आंशिक प्राध्यापकलाई करार गर्ने सहमति त्रिविको वार्ता समिति र संघर्स समितिबीच भएको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका संयोजक गोकुल लिम्बुले मकालुखबरलाई जानकारी दिए ।

सोमबार भएको सहमति चार दिनभित्रमा त्रिविको कार्यकारीको बैठक बोलाएर पारित गर्ने सहमति भएको पनि लिम्बुले जानकारी दिए । आंशिक प्राध्यापकलाई निःशर्त करार गर्ने भन्ने कुरा सही नभएको र उनीहरूको कक्षाभारलगायतका मापदण्ड भने पुगेको हुनुपर्ने लिम्बुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *