सशस्त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत फेला

धनगढी । कैलालीमा सशस्त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका-१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही कार्यालय परिसरमै मृत फेला परेका हुन् ।

डडेल्धुरा भागेश्वर गाउपालिका-१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

उनका अनुसार शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *