पत्रकार उपचार कोषलाई सहयोग, कोषमा एक करोड पुर्‍याउने लक्ष्य

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य रञ्जित परियारले आफ्नो जन्मदिनमा पत्रकार उपचार कोषलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि परियारले सो रकम महासंघ झापा अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका हुन् ।

झापा अर्जुनधारा-११ निवासी परियार डेढ दशकदेखि पत्रकारितामा छन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको झापा शाखा अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *