शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी
मकालु खबर
२०७८ साउन १९ गते
काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका-१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आयोगको सदस्यमा काठमाडौँको कलंकीका डिल्लीराम रिमाल र काठमाडौँकै कीर्तिपुरका नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको उनले जानकारी दिए ।
शिक्षक सेवा आयोग विगत १ वर्षदेखि पदाधिकारीविहीन रहेको थियो ।
मकालु खबर
२०७८ साउन १९ गते
प्रतिक्रिया