लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा मंगलबार मुख्यमन्त्री  पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले विपक्षी गठबन्धनको तर्फबाट संसद सचिवालयमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिए ।

विपक्षी गठबन्धनमा रहेका दलका नेताले उपलब्ध गराएको पत्रमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविस्वास तयार पारिएको छ ।

विपक्षी गठबन्धनमा रहेका दलले सोमबार प्रदेश प्रमुख शेरचन समक्ष सरकार गठन गर्न आह्वान गर्न माग गरेका थिए। अब प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशन आह्वान  गर्न माग गर्दै निवेदन दिने तयारी भइरहेकाे प्रमुख सचेतक खानले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *