मध्यमवर्गीय परिवारका विद्यार्थी समेट्दै कान्जिरोवा

काठमाडौं । कान्जिरोवा स्कूल स्थापना भएको २४ वर्ष भइसकेको छ । कोटेश्वर बालकुमारीमा रहेको कान्जिरोवामा अहिलेसम्म १० हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिसकेका छन् । कान्जिरोवा पहिले डनबस्को स्कुलको नामले परिचित थियो ।

१२ कक्षाासम्मका गरि कान्जिरोवामा अहिले कक्षा १२ सयको हाराहारीमा विद्यार्थी रहेको स्कूलका कार्यकारी निर्देशक महेन्द्र खनालले जानकारी दिए । प्लस टू तहमा विज्ञान र व्यवस्थापन संकायको सम्पूर्ण शैक्षिक कार्यक्रम चलाइरहेको उनले बताए ।

नेपाल सरकारको पाठ्यक्रम लागू गरेको कान्जिरोवा स्कूलले  त्यसका अतिरिक्त प्रगतिशील अध्यापन प्रणालीलाई पनि ध्यानमा राख्ने गरेको उनी बताउँछन् ।

 

जीवनको ३० वर्ष शैक्षिक गतिविधि र सिकाइमा बिताएका खनाल पछिल्लो समय आफ्नो अनुभव र भोगाइका कुरा कान्जिरोवा स्कूलमार्फत विद्यार्थीसामु पस्किरहेका छन् । नेपालकै प्रतिष्ठितमध्येको एक ‘एसओएस स्कूल’ सानोठिमीमा २० वर्ष बिताएका खनाल भन्छन्, ‘यस्ता अनुभवले स्कूल सञ्चालनमा सहजता ल्याउने रहेछ ।’

कोभिड-१९ मा पनि नरोकिएको शैक्षिक गतिविधि

विश्वभरीफैलिएको कोरोना महामारीका कारण आर्थिक र शैक्षिक पक्ष थलियो । पहिलो चरणको लकडाउन सुरु हुनासाथ ग्रामीण क्षेत्रका अभिभावक सन्तानसहित गाउँ नै बस्न गए । केही दीर्घकालीन योजना नहुँदा अचानक देखा परेको विषम परिस्थितिको सामना अन्य स्कूलले झैँ कान्जिरोवा स्कुलले पनि गर्नुपर्‍यो । तर पहिलो चरणको लकडाउनमा आफूहरूले अनलाइन क्लास सुरु गरेपछि विद्यार्थी र अभिभावकलाई ठूलो राहत मिलेको बताउँछन् कार्यकारी निर्देशक खनाल ।

‘हाम्रो कुनै योजना नै थिएन । तर पनि कक्षा सञ्चालन गर्नुपर्ने भएकाले सुरुको लकडाउनदेखि नै अनलाइन कक्षा सुरु गर्‍यौँ । सुरुमा विद्यार्थीको अभावमात्र होइन‚ अरु पनि थुप्रै समस्या देखिए । हामी प्रविधिमा निकै पछाडि रहेछौँ । त्यतिबेला हामीलाई महसुस भएको कुरा हो यो । हामी, हाम्रा अभिभावक, हाम्रा शिक्षक र विद्यार्थीलाई समेत हामीले तालिम दिनुपर्‍यो । सबैभन्दा चुनौतीपूर्ण काम त शिक्षकलाई प्रविधिसँग परिचित गराएर कक्षा सञ्चालन गराउन लगाउनु भयो’ उनी भन्छन् ।

अहिले पहिले भन्दा धेरै नै सहज भएको उनले बताए ।  ‘अहिले महामारीको झण्डै २ वर्ष भइसक्दा सबै सहज र सरल हुँदै गएको छ । सबै विद्यार्थीले कक्षा लिन्छन् । हाम्रो शैक्षिक गतिविधि र शैक्षिक गुणस्तरलाई अब कोरोनाले कहिल्यै असर पार्न सक्दैन । अहिले त हाम्रा विद्यार्थी झन् खोज गर्ने, विभिन्न देशमा हुने छलफल र मिटिङमा सहभागी हुने, अनलाइन माध्यमबाटै अरु देशमा भएका प्रयोगात्मक क्रियाकलाप हेर्ने भइसकेका छन्‚’ खनालले भने ।

यसलाई राम्रो र फाइदाको रुपमा पनि हेर्नुपर्ने बताउँदै उनले कान्जिरोवा स्कुलका कुनै पनि शैक्षिक कार्यक्रम नरोकिएको र विषम परिस्थितिमा पनि निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिए ।

मध्यम वर्गीय विद्यार्थीको पहुँच
प्रतिस्पर्धामा रहेको काठमाडौँका अरु धेरै स्कूलको तुलानामा कान्जिरोवा स्कूल  थोरै आयआर्जन गर्ने परिवारका छोराछोरीले पनि पढ्न सक्ने खालको भएको दाबी गर्छन् खनाल । आफ्नो स्कूलको शैक्षिक गुणस्तरलाई कायम राख्दै विद्यालयले दिएको सेवा सुविधाप्रति कुनै विस्मात नहुने  गरि मात्र शुल्क तय गरिएको खनालले बताए । साथै विद्यालयले सरकारले दिनैपर्ने भनेर तोकिएको १० प्रतिशत छात्रवृत्तिमा केही प्रतिशत स्कुलले समेत थपेर दिने गरेको उनले दाबी गरे ।

कार्यकारी निर्देशक खनाल भन्छन्, ‘स्थानीय तहबाट नै सिफारिस भएर आउने हुनाले हामीले र नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति सही ठाउँ र व्यक्तिसमक्ष पुग्यो भनेर ढुक्क हुने अवस्थाचाहिँ छैन । तर विद्यालयले हरेक वर्ष छात्रवृत्तिमा विद्यार्थी भने पढाउँछ ।’

कान्जिरोवाले अरु सामान्य अवस्थामा सरकारले दिने १० प्रतिशत छात्रवृत्तिमा ६ प्रतिशत थपेर १६ प्रतिशतसम्म छात्रवृत्ति आफ्ना विद्यार्थीलाई उपलब्ध गराउने गरेको थियो । तर अहिले कोरोना महामारीमा भने स्कूलले त्यसरी छात्रवृत्ति दिन नसकेको उनी बताउँछन् । तर विद्यार्थीबाट भने ६० प्रतिशतमात्र शुल्क उठाएको उनले बताए । खनाल भन्छन्, ‘हाम्रो खर्चमा कुनै कमी आएको छैन । भौतिक संरचनाको भाडादेखि कर्मचारीको तलब र सेवा सुविधासम्म दिइरहेका छौँ । तर‚ विद्यार्थीबाट ६० प्रतिशत मात्र शुल्क उठाएका छौं । किनभने अहिले सबै जना मारमा परेको बेला हो । हामीलाई यो विपतको क्षणमा नाफा कमाउनु छैन ।’

आफ्ना विद्यार्थी दीर्घकालसम्म चाहिने उल्लेख गर्दै विद्यार्थीकै साथ र सहयोगले विद्यालय चल्ने भएकाले चर्को शुल्क उठाउन भन्दा स्कूलको शैक्षिक गुणस्तर र साख जोगाउन आफूहरू लागिपरेको उनको दाबी छ । आफूहरुले मध्यम वर्गीय परिवारलाई लक्षित गरेको हुँदा त्यो वर्गलाई कहिल्यै अफ्ठ्यारो नपार्नेसम्म प्रतिबद्धता समेत विद्यालयले ब्यक्त गरेको छ ।

प्रयोगात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता
बढ्दो शहरीकरणको बिचमा पनि विद्यालयले सैद्धान्तिकमात्र नभई व्यवहारिक शिक्षालाई जोड दिएको दाबी गर्छन् खनाल । भन्छन्, ‘हामीले महामारी आउनुअघि पूर्वदेखि पश्चिमसम्मको संस्कृति, चालचलन बुझाउन वर्षेनी विद्यार्थीलाई भ्रमण लैजाने गरेका थियौँ । हामीले हाम्रा विद्यार्थीलाई कठिन बाटो पैदल यात्रा गराएका छौँ ।’

आफ्ना विद्यार्थी गाईको गोठमा समेत सुतेको स्मरण गर्दै उनले यस्ता भ्रमणले समाजको रहनसहन, संस्कृति र जीवनयापनबारे सिकाउने बताए ।

‘एकदम कठिन परिस्थिति र जीवनशैलीमा पनि कसरी समायोजन हुने भन्ने कुरा यसले सिकाउँछ । शिक्षा सधैँ जीवनउपयोगी हुनुपर्छ । सिकाइ जीवन बाच्नेक्रममा काम लाग्ने हुनुपर्छ । यही कुरामा कान्जिरोवा स्कुल सधैँ केन्द्रित छ । विद्यार्थीले कतिपय भ्रमणपछि ‘हामीलाई दुःख दिने’ भनेर गाली पनि गर्ने गरेका छन् । अबदेखि हामी जाँदैनौँसम्म पनि भन्छन् ।’

 

हरेक सिकाइले विद्यार्थीहरूको जीवनमा ल्याएका गौण र केही ठूला परिवर्तनले आनन्द दिने भन्दै उनले आफूहरूले उत्पादन गर्ने जनशक्ति हरेक दृष्टिकोणबाट सक्षम हुनुपर्छ भन्ने स्कूलको मान्यता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *