आत्मनिर्भर लघुवित्तको आईपीओ आउँदै

काठमाडौं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेकोे छ ।

उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *