२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश
मकालु खबर
२०७८ साउन १९ गते
वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकाले उनीहरूलाई सो समयसम्म अमेरिका छाडिसक्न भनिएको हो ।
अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिखअघि नै ती कूटनीतिज्ञले अमेरिका छाड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।’
ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरू कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए ।
–रासस
मकालु खबर
२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित