गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा सहचालकको मृत्यु

रामपुर । पाल्पाको तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका-११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।

घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । जिप चालक चापाकोट नगरपालिका-५ बस्ने डिलु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *