सिप्रदी र एनएमबी बैंकबीच नेक्सन ईभीका लागि सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र एनएमबी बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबी बैंक लिमिटेडको नेपालभरिका शाखाहरूमार्फत् सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त कर्जा सम्झौताअन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूले शून्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एनएमबी बैंक लिमिटेडको नेपालभरीका शाखाहरूमार्फत् कर्जा प्राप्त गर्न सक्ने जनाएको छ ।

यसअन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशतसम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ । उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबी बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीतिअनुसार ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *