महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी अस्पताल प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउने बैंकले जनाएको छ ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले ओपीडी टिकट, ल्याब सेवा, एक्स-रे तथा भिडिओ एक्स-रे सेवा र इसीजी तथा ईको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *