चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

चीन । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेका छन् । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको नेशनल हेल्थ कमिसनले जनाएको छ ।

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको ती व्यक्तिहरू चीनभित्रैबाट सङ्क्रमित भएको पाइएको हेल्थ कमिसनले बताएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका छन् भने हुनान, लियानिङमामा अन्य सङ्क्रमित पाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *