रियलमीले नेपाली उपभोक्तामाझ आफ्ना उत्कृष्ट उत्पादनहरू ल्याउँदै
काठमाडौं । रियलमीले नेपाली उपभोक्तामाझ आफ्ना उत्कृष्ट श्रेणीका उत्पादनहरू प्रस्तुत गर्ने घोषणा गरेको छ ।
रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको छ । आफ्नो मुख्य रणनीतिअनुसार रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरू नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्याउने तयारी गरेको कम्पनीले जनाएको छ ।
नेपाली बजारका लागि रियलमीले शंकर ग्रुपसँग सहकार्य गर्ने जनाएको छ । शंकर ग्रुप नेपालका साथै विश्वका विभिन्न भागमा परिचित नाम हो ।
शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्ने कम्पनीले जनाएको छ ।
रियलमीको बिक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्टअनुसार यसै वर्ष यसको बिक्री १७ प्रतिशतले बढेको छ । जसअनुसार कुल १० करोडभन्दा बढी बिक्री भएको छ ।
भारतमा फाइभ जी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेको छ । काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र ५ करोडभन्दा बढी उपभोक्तका साथ तीव्र गतिमा यसको माग भएको कम्पनीले जनाएको छ ।