लागू औषधसहित तीनजना पक्राउ

विराटनगर । मोरङ र उदयपुरमा लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका-८ कोठूबाट लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका-८ का २६ वर्षीय नबिन्द्र राई र २३ वर्षीय हेम राज राई रहेका छन् । को १ ज ४५९ नम्बरको बोलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ किलो २ सय ग्राम लागू औषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले गाँजा फेला परे पश्चात नबिन्द्र र हेमराजलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै विराटनगर महानगरपालिका २ दुर्गा चौकबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी निश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई ८ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *