फोर्ड फिगोका दुई नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं । ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर फोर्ड नेपालले फिगो श्रृखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्टका कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार निर्धारण गरिएको छ । नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तकसहितको अटोमेटिक ट्रान्सिमिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण भएको कम्पनीले जनाएको छ । उक्त गाडीमा १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्ने र बीएस ६ सँग जोडिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियम प्लस भेरियन्टमा उपलब्ध छ । टाइटेनियममा १५ इन्च आलुमुनिय र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडशेट, ७.० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।
यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन् ।
‘फोर्ड ग्राहकको सेवाका लागि सँधैँ प्रतिवद्ध छ र बहु बजारमा स्वचालित टेक्नोलोजी पेश गर्नमा गर्व गर्दछ,’ भारतका लागि फोर्डको विक्री तथा सेवा बजार प्रवन्धक विनय रैनाले भने, ‘अतुलनीय प्रदर्शन, सुरक्षा, उत्कृष्ट प्रविधका साथ सेग्मेन्ट आधार कनेक्टिभिटीमा सँधैँ गम्भीर रहने गरेकोमा फिगो टाइटेनियमले एएमटी त्यति मन नपराउने नयाँ खरिदकर्ताकामाझ उत्कृष्ट प्रदर्शनी गर्नेमा हामी ढुक्क छौँ ।’








