बेलायतमा भूतपूर्व गोर्खा सैनिकहरूको रिले अनशन जारी

लन्डन । समान अधिकारको माग गर्दै भूतपूर्व गोर्खा सैनिकले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि थालेको रिले अनशनको आइतबार ११ औँ दिन पुगेको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले थालेको १३ दिने रिले अनसनलाई बेलायतमा धेरै मानिसको समर्थन भएपनि सरकारले भने खासै ध्यान नदिएको समितिले जनाएको छ ।

माग सुनुवाइ नभए अब भोक हड्ताल शुरु गर्ने तयारी गरिरहेको समितिका संयोजक कृष्णबहादुर राईले जानकारी दिए । भोक हड्तालमा बस्न नेपालबाट पुष्पा राणा घले बेलायत पुगिसकेको र उनी होटेल क्वारेन्टिन अवधि सकेर निस्कनासाथ भोक हड्ताल थालिने उनले जानकारी दिए ।

घलेसहित ज्ञानराज राई र धन गुरुङले आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन् । भूतपूर्व गोर्खाहरूले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शनिबार पनि प्रदर्शन गरेका थिए । अनशनमा बेलायती पूर्वसैनिकलगायत विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरूले पनि समर्थन जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =