दार्चुला घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुलामा नेपाली युवा जयसिंह धामी तर्दै गर्दा भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको भन्ने घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिको निर्णय सुनाउँदै समिति सभापति पवित्रा निरौला खरेलले भनिन्, ‘दर्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएको भन्ने आएको छ । यसलाई तत्काल छानबिन गर्न समिति सम्बन्धित मन्त्रालयलाई निर्देश गर्दछ ।’

समितिमा सांसदहरूले दार्चुला घटनाबारे छानबिन हुनुपर्ने बताएका थिए- दार्चुला घटना भारतले नेपालप्रति हेर्ने एउटा उदाहरण र हेपाहा प्रवृत्तिको निरन्तरता भएको भनी घटनाको निन्दा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *