सेयरमा झिनाे वृद्धि, १२ अर्बमाथिकाे काराेबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचकमा झिनो वृद्धि देखिएको छ ।

यस दिन परिसूचक जम्ममा १.२५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचक समेत १.२४ अंकले मात्र बढेर ५७२.१५ विन्दुमा पुगेको हो ।

यस दिन २ सय २६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ ह्जार ८ सय ६२ रुपैयाँमा कारोबार भयो ।

यस दिन बैंकिङ, होटेल तथा पर्यटन, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र अन्य समूहकका उपसूचक घटेका छन् ।

यस दिन सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर, जीवन विकास लघुवित्त कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *