अर्थ मन्त्रालयको सचिवमा मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन् ।

महालेखा नियन्त्रकको कार्यालयका प्रमुख रहेका मरासिनीलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय मन्त्रीपरिषदको यसअघिको बैठकले निर्णय गरेको थियो ।

यसअघिका अर्थ सचिव शिशिर ढुंगानाको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भएको छ । अर्थमन्त्री शर्माको सचिवालयका अनुसार दुबैजनाले सरुवाको पत्र बुझिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *