छैन कोभिडको डर ! (तस्बिरहरु)

विराटनगर । यहाँको मुख्य सीमा क्षेत्र रानीमा भारतबाट आवतजावत गर्ने क्रम रोकिएको छैन । नेपालमा कोभिडको संक्रमणदर बढ्दै जाँदा पनि सीमा क्षेत्रमा कडाई हुन नसकेको स्थानीयको भनाई छ ।

त्यसको उदाहरण सीमा क्षेत्र रानीमा रहेको आँखा अपस्तालमा उपचार गराउन आएएका भारतीय नागरिकको भीड हो । विराटनगरको रानीमा रहेको विराटनगर आँखा अस्पतालमा दैनिक सयौँको संख्यामा उपचारका लागि आउने गरेका छन् ।

सीमा नाका पार गरेर आएकाहरू पनि कुनै मापदण्ड नै पूरा नगरी भीड लाग्ने गरेका छन् । ६५ प्रतिशतभन्दा बढि उपचार गर्न आउने विराटनगर आँखा अस्पतालमा लाइन लाग्दा कोरोनाको जोखिम बढेको उपचारका लागि त्यहाँ पुग्नेहरूले बताउने गरेका छन् ।

हेरौं, तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *