नोबेलमा सुरु भयो मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफलाई दुई महिने दक्ष प्रसुतिकर्मी तालिम

विराटनगर । नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि शनिबारदेखि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो ।

मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफ तालिममा सहभागि छन् । प्रसुति गराउँने काममा लामो अनुभव हासिल गरेका शान्ति टण्डन, सकुन्तला सिटौला, गिता कोइराला र इन्दिरा गौतमले उनीहरुको दक्षता अभिबृद्धि गराउँन सैदान्तिक र व्यवहारिक सीप सिकाउँने छन् । उनीहरुलाई २० दिन सैदान्तिक तालिम प्रदान गर्ने र बाँकी ४० दिन प्रसुति गराउँने काममै लगाएर दक्ष बनाइने बताइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश कुमार मेहता, स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहित कुमार पाण्डे, नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रिन्सिपल डा.रामहरी घिमिरे, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, मेट्रोन कल्पना पोख्रेल, नर्सिङ्ग डाइरेक्टर निलम झा र करुणा फाउण्डेशनका प्रोग्राम मेनेजर सन्तोष घिमिरेले यस्ता तालिमले मातृ मृत्युदर घटाउँन सघाउ पुर्याउँनेमा जोड दिए । उनीहरुले तालिमबाट सकेसम्म बढी सीप सिकेर व्यवहारमा उतार्न सहभागिहरुलाई सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *