ज्योति लाईफद्वारा मृत्यु दावी भुक्तानी

ललितपुर । ज्योति लाइफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी विक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापत १० लाख ९४ हजार ५ सय रुपैयाँ अवालेका श्रीमती बिमला श्रेष्ठ अवालेलाई प्रदान गरेको छ । अवालेको बैशाख २९ गते कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो ।

महानगरपालिकाले कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा गरेको थियो । ज्योति लाइफले आफ्नो स्थापना देखी नै बिभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवं बजेटको आधारमा बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजना बिक्री गर्दै आएको जनाएको छ ।

ज्योति लाइफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकता राखेको पनि जनाएको छ । कार्यक्रममा नगर प्रमुख चिरिबाबु महर्जनले स्व. अवालेकी श्रीमती बिमलालाई महानगरपालिकामा रोजगारीको व्यवस्था गरिसकेको जानकारी दिए। ज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले कर्मचारीको जोखिमको लागि महानगरपालिकाले पहल गरेको कर्मचारी बीमा मार्फत सहयोग गर्न सकेकोमा महानगरपालिकालाई धन्यवाद दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *