दार्चुला प्रशासनले भन्यो- ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’

धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति निकाल्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको जनाएको हो ।

‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना÷समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ— ‘सो घटना अनुसन्धान÷छानबिनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहिन सूचना÷समाचार प्रकाशन नगरिदिन अनुरोध छ ।

प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउन खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको समाचारहरु सम्प्रेषण भएका थिए ।

स्थानीयको हवाला दिँदै सम्प्रेषण भएका ती समाचारहरु पुष्टि नभएको प्रहरीले प्रतिक्रिया दिएपश्चात् स्थानीय प्रशासनले पनि आधिकारिक भनाइ सार्वजनिक गरेको हो । प्रशासनले अनुसन्धानपश्चात् सत्यतथ्य जानकारी गराइनेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *