रोटरीद्वारा दुई स्थानमा डिजिटल डिस्प्ले स्थापना

ललितपुर । रोटरी क्लब अफ सैबु भैंसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैंसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचरसहितको डिस्प्ले राखेको जनाएको छ ।

क्लबका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा दुई स्थानमा स्थापना गरिएको डिस्प्लेको रोटरी क्लबका पुर्व गभर्नर एवं जोन–१५ का डिस्ट्रिक एसिस्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठले डिस्प्लेको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै एसिस्टेन्ट गभर्नर श्रेष्ठले सामाजिक सेवामा समर्पित रोटरी क्लबले देशका विभिन्न जिल्लामा सचेतना जगाउने काम गरेको बताए ।

कोभिड–१९ महामारीबाट जोगिन देशभर विभिन्न कार्यक्रम आयोजना गरेका भन्दै त्यस बाहेक राहत वितरण, बालबालिकालक्षित खेल मैदान निर्माण, खानेपानी र सरसफाइ, छात्रा शिक्षा, विपन्न बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था लगायतका कार्य गरिरहेका बताए । रोटरी क्लब अफ भैंसेपाटी क्लबले गरेका सामाजिक कामको प्रशंसा गर्दै उनले भने– रोटरी क्लब अफ भैसेपाटीका अध्यक्ष र सबै पदाधिकारीको को योगदानलाई कदर गर्नुपर्छ ।

उनले रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा काम गरिरहेको उल्लेख गरे । सो क्लबले आफ्नो कार्यक्षेत्र परेको वुंगमतिको स्वाथ्य चौकीमा स्वाथ्य सेवा सञ्चालन गरिरहेको छ । मगरगाँउमा यात्रु प्रतिक्षालय निर्माण गर्ने चरणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *