नबिल बैंक र डीभी एक्सिलसबीच कृषि कर्जामा सहकार्य

काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानका लागि सहज रुपमा कर्जाको पहुँच पु¥याउने सम्झौता भएको छ । कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरीद गर्न लागि सहज वित्तीय पहुँचको प्रदान गर्न सहकार्यसम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौताअन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल बैंकले सहयोग गर्ने छ । यसैगरी, किसानले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्तिता प्रापत गरी लाभ लिन सक्ने बताइएको छ ।

सम्झौता पत्रमा नबिल बैंकका सीईओ अनिल केशरी शाह डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *