पाँच दिनदेखि हराइरहेकी बालिकाको शव इनारमा फेला

जनकपुरधाम । विगत पाँच दिनदेखि हराइरहेकी धनुषाकी एक बालिकाको शव इनारमा फेला परेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका-१० बरमझियाका विरेन्द्र कुमार यादवकी ६ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार इनारमा फेला परेको हो ।

गतसाउन ११ देखि बेपत्ता बालिकाको निरन्तरको खोजीपछि शुक्रबार बिहान घर नजिकैको इनारमा तैरिरहेको अवस्थामा मृत अवस्थामा प्रितीको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

बालिका इनारमा खसेको नभई कसैले हत्या गरेर इनारमा फ्याँकेको परिवारजनको आरोप छ । शवको प्रकृति हेर्दा कसैले हत्या नै गरेको मृतकका बाबु विरेन्द्रको भनाइ छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे केही भन्न सकिने धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले बताए ।

बच्चाको हत्या नै भएको भन्दै न्यायको माग गर्दै मृतकका आफन्त तथा परिवारजनले केही समय सडक अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *