एक महिनामा १२ सयभन्दा धेरै शर्पदंशका बिरामीको उपचार

काठमाडौँ । एक महिनाको अवधिमा नेपाली सेनाले सञ्चालन गरेका उपचार केन्द्रमा १२ सयभन्दा धेरै सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

नेपाली सेनाको सहयोगमा विभिन्न जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूमा २०७८ आषाढ १४ गतेदेखि श्रावण १३ गतेसम्म कूल १२०६ जनाको सफल उपचार गरिएको छ नेपाली सेनाले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै सेनाको पूर्वी कमान्डअन्तर्गतका उपचार केन्द्रहरूमा ९२१ जनाको उपचार गरिएको छ । यस्तै मध्यकमान्डका जिल्लाहरूमा २३१ र पश्चिम कमान्डका जिल्लाहरूमा ५४ जनाको उपचार गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *