नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु, एक बेपत्ता

धनगढी । कैलालीको कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा स्थानीय धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार अर्की एक ६ वर्षीया अनु सिंह बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *